
काठमाडौं, ११ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ४०० ले गिरावट भएको छ । सेतो धातु चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।
यसदिन छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर तोलाको ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले घटेर तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन स्थिर रहेर तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भएर तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदीमा १० रुपैयाँले गिरावट भई कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




