सानिमा र जनरल इन्स्योरेन्सकाे साधारणसभाबाट मर्जर प्रस्ताव पारित

-



     सफल आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ असाेज । सानिमा जनरल इन्स्योरेन्स तथा जनरल इन्स्योरेन्स कम्पनीकाे सम्पन्न छुट्टाछुट्टै साधारणसभाबाट मर्जर सम्बन्धि प्रस्तावलाई पारित गरिएकाे छ ।

सभाले दायित्व दायित्व मूल्यांकन (डिडिए)काे आधारमा निर्धारण गरिएको सेयर रेसियाे १:१ कायम गर्ने प्रस्ताव पारित पारित गरेकाे छ ।

सभाबाट दुबै कम्पनी एकापसमा मर्जरपछि निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीकाे नाम सानिमा जिआईसी इन्स्योरेन्स राख्ने प्रस्तावलाई पनि पारित गरिएकाे छ। 

सानिमा जनरल इन्स्योरेन्सकाे चुक्ता पूँजी रु १ अर्ब रहेकाे छ भने जनरल इन्स्योरेन्सको पनि चुक्ता पूँजी रु १ अर्ब रहेको छ । दुबै कम्पनीकाे सेयर रेसियाे १:१ कायम हुने भएकाले मर्जर भएपछि कम्पनीकाे चुक्ता पूँजी रु २ अर्बकाे हुनेछ ।

मर्जर भएपछि बन्ने सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीमा संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत सेयर रहने प्रस्तावलाई अनुमाेदन गरिएकाे छ ।

साधारणसभाले कम्पनीकाे प्रबन्धपत्र र नियमावली संशोधनकाे कार्य गर्नका लागि त्यसकाे अिख्तयारी सञ्चालक समितलाई दिने लगायतका अन्य प्रस्तावहरुलाई पनि पारित गरेकाे छ ।