बढ्यो सुनको भाउ, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । चाँदीको भाउमा सामान्य गिरावट भएकाे छ।

मंगलबार रुपैयाँ ४०० ले घटेर तोलाको ९१ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनमा यसदिन रुपैयाँ २०० ले बढेको हाे। चाँदीमा रुपैयाँ ५ ले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २०० ले बढेर तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाल सुन तोलाको ९१ हजार ४०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि रुपैयाँ २०० ले बृद्धि भएर तोलाको ९१ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार १४५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।