३ वर्षपछि हङकङ–काठमाडौँ उडान सुरु गर्दै क्याथे प्यासिफिक

-



     सफल आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ असोज । हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासिफिकले हङकङ–काठमाडौँ उडान फेरि सुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासिफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि फेरि सुरु हुन लागेको हो ।

कम्पनीले आगामी १ अक्टोबर अर्थात् असोज १५ गतेदेखि काठमाडौँ–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘क्याथे प्यासिफिकले हङकङ–काठमाडौँ पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौँ उडान पुनः सञ्चालन हुनेछ ।’

कोभिड–१९ का कारण क्याथे प्यासिफिकले विगत तीन वर्षदेखि काठमाडौँ–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौँका लागि योजना बनाएको छ ।