डलरकाे भाउमा नयाँ रेकर्ड: १३१.४१ रुपैयाँ कायम

-



     सफल आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ असाेज । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा उक्लिएकाे छ । नेपाल राष्ट्र बैंकले आजका लागि जारि गरेकाे विदेशी विनिमय दर अनुसार अमेरिकी डलरकाे भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ काे खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा रहेकाे छ । अघिल्लाे दिन अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३० पैसा रहेकाे थियाे । बिक्रीदर १३० रुपैयाँ ९० पैसा पुगेकाे थियाे ।

याे समयमा भारतीय रुपियाँ पनि कमजोर भएकाे छ । भारतीय रुिपयाँसँग नेपाली मुद्नाकाे विनिमय दर स्थिर कायम गरिएकाेले भारतीय मुद्रामा हुने उतारचढावकाे कारण नेपाली रुपैयाँकाे भाउमा पनि प्रभाव पर्ने गरेकाे छ । नेपालकाे अर्थतन्त्र आयातमुखी भएकाे कारणले डलरको भाउमा तलमाथि हुँदा त्यसकाे असर नेपाली मुद्रामा पर्दछ ।

राष्ट्र बैंकले आजका लागि भारतीय रुपियाँ १ काे खरिद दर रुपैंयाँ १०० काे खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेकाे जनाएकाे छ ।

अमेरिकी डलर १ काे खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा पुगेकाे छ । यूराे १ काे खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा रहेकाे छ ।

पाउण्स्ट्रलिङ डलर १ काे खरिद दर १३९ रुपैयाँ ५९ पैसा र बिक्री दर १४० रुपैयाँ २३ पैसा रहेकाे छ । स्वीस फ्यार्याङ्क १ काे खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८२ पैसा रहेकाे छ ।

अष्ट्रेलियन डलर १ काे खरिद दर ८३ रुपैयाँ ९१ पैसा र बिक्री दर ८४ रुपैयाँ ३० पैसा रहेकाे छ । क्यानेडियन डलर १ काे खरिद दर ९० रुपैयाँ ४५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ४६ पैसा रहेकाे छ ।

सि‌ङ्गापुर डलर १ काे खरिद दर ९० रुपैयाँ ४५ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा रहेकाे छ । जापानी येन १० काे खरिद दर ९‍‍‌ रुपैयाँ द्४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा रहेकाे छ । चाइनीज युवान १ काे खरिद दर १८ रुपैयाँ ८ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा रहेकाे छ ।