
काठमाडौं, १३ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीकाे भाउमा वृद्धि भएको छ । बुधबार ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको छापावाल सुनमा आज १ हजार २ सय रुपैयाँले बढेको हाे। चाँदीमा पनि प्रतितोला २५ रुपैयाँ बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा अघिल्लो दिनको तुलनामा १ हजार २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनमा पनि १ हजार २ सयले वृद्धि भएर तोलाको ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज २५ रुपैयाँले बढेर तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




