
काठमाडौं, १३ असोज । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिनामा नेपालमा ६३ करोड रुपैयाँभन्दा बढीको सुकेको जिरा र धनियाँ आयात भएको छ ।
भन्सार विभागले हालै अद्यावधिक गरेको वैदेशिक व्यापारको भदौ महिनासम्मको समग्र तथ्याङ्क अनुसार नेपालमा छिमेकी देश भारत लगायत विश्वका विभिन्न ५ देशबाट ६३ करोड ७५ लाख ७५ हजार रुपैयाँ बराबरको २७ लाख ५४ हजार ३१३ किलोग्राम सुकेको जिरा र धनियाँ आयात भएको पाइएको छ । सामान्यतया तरकारीमा स्वाद बढाउने हिसाबले मसलाका रुपमा प्रयोग हुने जिरा तथा धनियाँ दैनिक उपभोगमा आउने गरेको छ ।
दसैं नजिकिँदै गर्दा धनियाँ तथा जिराको दाना तथा धूलोको कारोबार अझ बढ्न जान्छ । परिमाणको जिरा र धनिया आयात हुँदा सरकारले ११ करोड ८१ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
जिरा
चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनाको समग्र तथ्याङ्क हेर्दा छिमेकी देश भारतबाट सबैभन्दा बढी अर्थात् १९ लाख १० हजार ९६२ किलोग्राम नपिसिएको जिरा आयता गरिएको छ । यसका लागि नेपालबाट ५१ करोड ३ लाख २७ हजार रुपैयाँ बाहिरिएको छ ।
यसैगरी यसै अवधिमा भारतबाट नै पिसिएको जिराको धूलो ९ हजार ८१९ किलोग्राम भित्रिएको छ । यसको मूल्य ३३ लाख २० हजार रुपैयाँ रहेको छ । अन्य देशबाट कुनै प्रकारको जिरा आयात भएको विवरणमा उल्लेख छैन ।
धनियाँ
यो अवधिमा भारतबाट ६ लाख ७४ हजार ३३१ किलो नपिसिएको धनियाँ आयात भएको छ । यसको मूल्य १० करोड ३८ लाख ५८ हजार रुपैयँ परेको छ । यसैगरी भारतबाट नै पिसिएको जिराको धूलो २७ हजार १५० किलो आयात भएको देखिन्छ । यसको मूल्य ४७ लाख ६८ हजार रुपैयाँ बराबर रहेको छ ।
धनियाँ बढी आयात गरिएको अर्को देश रुसी महासंघ हो । यहाँबाट २ महिनाको अवधिमा १ करोड ९ लाख ८९ हजार बराबरको ८८ हजार किलो नपिसिएको साबुत धनियाँका दाना आयात भएको तथ्याङ्क छ ।

त्यसपछि कजाख्स्तानबाट ४१ लाख ५० हजार बराबरको ४३ हजार ८ सय किलो धनियाँको नपिसिएको साबुत दाना नेपाल भित्रिएको छ । बुल्गेररियाबाट यो अवधिमा २५० किलो नपिसिएको साबुत धनियाँका दाना आयात भएको देखिन्छ जसको मूल्य १ लाख २३ हजार रुपैयाँ रहेको छ । यो सूचीमा इन्डोनेसियाबाट १ किलो नपिसिएको धनियाँ दान आयात भएको विवरण छ जसको मूल्य उल्लेख गरिएको छैन ।
नेपालमा बन्न र उब्जनी हुन नसक्ने कतिपय सामान विदेशबाट आयात गर्नुको विकल्प छैन । तर नेपालमै उब्जनी हुन सक्ने मसला, सागसब्जी, लसुन प्याज तथा फलफुलका लागि विदेशीकै मुख ताक्ने प्रवृत्तिले विदेशी मुद्रा सञ्चिति घटिरहेको भने व्यापार घाटा पनि बर्सेनि बढिरहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




