
काठमाडौं, १३ असोज । दसैंका लागि २२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही भएको छ । गत भदौ २९ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा शुरु गरेको नेपाल राष्ट्र बैंकले २२ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाइएको बताएको छ ।
केन्द्रीय बैंकका अनुसार यो वर्ष दशैंमा १२ अर्ब रुपैयाँ बराबरको साना अर्थात् ५, २०, ५० तथा १०० रुपैयाँ दरको नोट विभिन्न वाणिज्य बैंकमा पठाएको छ । यसैगरी ठूला अर्थात् ५०० र १००० हजार रुपैयाँ दरका १० अर्ब बराबरको नोट साटिएको राष्ट्र बैंकको तथ्याङ्क छ ।
राष्ट्र बैंकका अनुसार यो आँकडा हालसम्म बैंकहरुमा पठाइसकिएको रकम हो भने यसपालाको दसैं बिदा लामो भएकोले बैंकहरुले एटीएममा राख्नका लागि थप नयाँ नोट माग गर्नसक्ने सम्भावना छ । यो वर्ष दसैंका लागि साना र ठूला दरको २५ अर्ब रुपैयाँभन्दा माथिको नयाँ नोट बजारमा जाने देखिएको केन्द्रीय बैंकको आकलन छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




