
काठमाडौं १३ असाेज । यस आर्थिक वर्षमा साधारणसभा बाेलाउने पहिलाे वाणिज्य बैंक सिटिजन्स बैंक इन्टरनेसन बनेकाे छ । बैंकले ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित गर्न कार्तिक ४ गते १६औं साधारणसभा डाकेकाे छ।
साधारणसभा काठमाडाै डिल्लीबजारमा रहेकाे अमृतभाेग पार्टी प्यालेसमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । सभामा यसअघि प्रस्ताव गरिएकाे ९ प्रतिशत नगद लाभांशकाे प्रस्ताव छलफलपछि पारित गरिने भएकाे छ ।
यस्तै सभाले अन्य उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थासंग एकापसमा गाभ्ने, गाभिने वा प्राप्तिकाे काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै प्रबन्धपत्रकाे संशोधन, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरेर सभाबाट पारित गरिनेछ।
बैंकले साधारणसभाकाे प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने जानकारी गराएकाे छ। यसका लागि असोज २७ गतेसम्म सेयर काराेबार गरी कायम भएका सेयरधनीहरु साधारणसभामा भाग लिन र लाभांश पाउनका लागि याेग्य मानिनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसन यस आर्थिक वर्षमा साधारणसभा बाेलाउने पहिलो वाणिज्य बैंक भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




