
काठमाडौं, १४ असाेज । पिपुल्स हाइड्रोपावरको सेयरमा आवेदन दिने म्याद थप गरिएकाे छ । कम्पनीले भदौ ३१ गतेदेखि आयोजनाबाट प्रभावित क्षेत्रका जनताका लागि ३ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर जारी गरेकाे थियाे ।
सेयरमा आवेदन दिने म्याद थप भएपछि लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर जारी गरेकाे हो । साे सेयरबाट आयोजनाबाट प्रभावित लमजुङकाे दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का जनताका लागि ९ लाख ६० हजार कित्ता रहेकाे छ ।
यस्तै लमजुङका जनताका लागि २२ लाख ४० हजार कित्ता रहेकाे छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँको दरमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागिसम्म आवेदन दिन पाउनेछन् । यसका लागि ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखाबाट र हिलेमा भएकाे एक्टेन्सन काउन्टरबाट आवेदन दिन सकिनेछ।
यस्तै एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने भएकाे छ । सेबाेनबाट सी-आस्वा लिएका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयहरुबाट पनि आवेदन दिन पाइनेछ ।
कियर नेपालले पिपुल्स हाइड्रोपावरको सेयरलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम छ भन्ने हाे ।
सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल मार्केटले रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




