बढ्याे सुनको भाउ, चाँदीको स्थिर

-



     सफल आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ असोज । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेकाे छ । चाँदीकाे स्थिर रहेकाे छ । छापावाल सुन ताेलामा रुपैयाँ २०० ले बृद्धि भएको छ । सेतो धातु चाँदीको भाउ स्थिर रहि काराेबार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको भाउमा रुपैयाँ २०० ले बढेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ८०० रुपैयाँ तोकएिको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २०० ले बढेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९२ हजार ३०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेर तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार पनि सेतो धातु चाँदीको भाउ तोलाको १ हजार १७० रुपैयाँ नै कायम भएको थियो ।