नेपाल लाइफ, नेशनल र एशियन लाइफले गरे लाभांशकाे प्रस्ताव

-



     सफल आवाज    
     असाेज १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ असाेज । नेपाल लाइफ इन्स्याेरेन्स, नेशनल लाइफ इन्स्याेरेन्स र एशियन लाइफ इन्स्याेरेन्स कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीहरुकाे लागि लाभांश प्रस्ताव गरेका छन् ।

बीमा समितिबाट बीमांकिय मूल्यांकन अनुमाेदन भएपछि सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेका हुन् । सिमितिबाट ८ वटा कम्पनीकाे बीमांकिय प्रतिवेदन अनुमाेदन गरिएकाे भएपनि हालसम्म यी तीनवटा कम्पनीले मात्रै लाभांश प्रस्ताव गरेका हुन ।

समितिका अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये बीमांकिय प्रतिवेदन अनुमाेदन भएका ८ वटा इन्स्याेरेन्सहरु नेशनल लाइफ इन्स्याेरेन्स, मेट लाइफ इन्स्याेरेन्स, ज्योति लाइफइन्स्याेरेन्स, एशियन लाइफ इन्स्याेरेन्स र आइएमई लाइफ इन्स्याेरेन्स रहेका छन् । यस्तै रिलायवल नेपाल लाइफ, नेपाल लाइफ, सूर्या लाइफ र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् ।

यी इन्स्याेरेन्सहरुमध्ये सूर्या लाइफ र ज्योति लाइफकाे मर्जरकाे काम भइरहेकाेले लाभांशकाे प्रस्ताव गरिएको छैन । उनीहरुले हाल लाभांश वितरण नगरी जगेडामा राख्ने निर्णय गरेका छन् ।

नेपाल लाइफ इन्स्याेरेन्स र नेशनल लाइफ इन्स्याेरेन्स दुबैले बराबर १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् । नेशनल लाइफ इन्स्याेरेन्सले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । नेपाल लाइफले १५.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

एशिन लाइफ इन्स्योरेन्सले सेयरधनीहरुकाे लागि १४.५ प्रतिशत बोनस सेयर तथा ०.७६ प्रतिशत नगदसहित १५.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव गरेको छ । इन्स्याेरेन्सकाे असोज १३ गते सम्पन्न साधारणसभाबाट लाभांश वितरणकाे प्रस्ताव पारित गरिएकाे थियाे ।