
काठमाडौं, १८ असाेज । नेपाल राष्ट्र बैंकले मंगलबार विदेशी मुद्राकाे विनिमय दर प्रकाशन गरेकाे छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ काे खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेकाे ।
सोमबार डलरकाे भाउ १ को खरिददर १२९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३० रुपैयाँ ४५ पैसा रहेकाे थियाे । पछिल्ला दिनहरुमा डलरकाे तुलनामा भारतीय रुपियाँमा पनि कमजोर बनिरहेकाे छ ।
परनिर्भर अर्थव्यवस्था हुनुकाे कारण नेपाली र भारतीय रुिपयाँबीचकाे विनिमय दर स्थिर रहँदै आएकाे छ । हरेक दिन खरिद बिक्रीकाे मूल्य उहि हुने गरेकाे छ ।
यस हिसाबले कुरा गर्ने हाे भने डलरकाे दाँजाेमा भारतीय रुपियाँ कमजाेर भयाे भने स्वाभाविक रुपमा त्यसकाे असर नेपाली रुपैयाँमा पर्दछ । भारतीय रुिपयाँसगकाे स्थिर विनिमय दर भएकाे हुनाले भारतीय रुिपयाँ कमजाेर भयाे भने नेपाली रुपैयाँ पनि कमजोर हुन्छ ।
नेपालकाे अर्थतन्त्रकाे निर्भरता बाह्य मुलुकसँग भएकाेले त्यहाँ हुने भाउकाे उतारचढावकाे भार यहाँ पनि पर्ने गरेकाे छ । तर रेमिटेन्सकाे हकमा भने नेपाललाई फाइदा नै हुन्छ । याे एक विदेशी मुद्रा सञ्चितिकाे उपाए पनि हाे ।

भारतीय रुपियाँ १०० काे खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैंसा रहेकाे छ । अमेरिकी डलर १ काे खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेकाे छ ।
यूराे १ काे खरिददर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा रहेकाे छ । पाउण्डस्ट्रलिङ १ काे खरिददर १४६ रुपैयाँ २१ पैसा र बिकेरीदर १४६ रुपैयाँ ८९ पैसा रहेकाे छ ।
स्वीसफ्रयाङ्क १ काे खरिददर १३२ रुपैयाँ ६ पैसार र बिक्रीदर १३२ रुपैयाँ ६७ पैसा रहेकाे छ । अष्ट्रेलियन डलर १ काे खरिददर ८४ पैसा २९ पैसा र बिक्रीदर ८४ रुपैयाँ ६८ पैसा रहेकाे छ ।
क्यानेडियन डलर १ काे खरिददर ९१ रुपैयाँ ३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा रहेकाे छ । जापानी येन १० काे खरिददर ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा रहेकाे छ । यस्तै चाइनिज यूवान १ काे खरिददर १८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




