
काठमाडौ, २३ असाेज । बडादशैंको बिदा अवधिभर बन्द रहेकाे नेपाली सेयर बजारकाे काराेबार आजबाट खुलेकाे छ । दशैं बिदाका ९ दिन सिकएपछि बन्द रहेको सेयर बजारकाे काराेबार आजबाट खुलेकाे हाे।
सेयर बजार सकारात्मक लयमा जाने भन्दै लगानीकर्ताहरु बिदापछिका दिनमा निकै उत्साहि भएका छन् । उनीहरुले याे समयमा काराेबारकासाथ नेप्से परिसूचकमा हरियाली वातावरण छाउने अपेक्षा गरेका छन् ।
मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुने भएकाेले आजबाटै चुनावि माहाेल तातिन शुरु भएकाे छ । यसबीचमा आर्थिक काराेबारमा बढाेत्तरी हुने लगानीकर्ताकाे अपेक्षा रहेकाे छ ।
दशैंको लागि नेपाल सरकारले सार्वजनिक बिदा दिएका कारण असोज १४ गतेदेखि सेयर कारोबार बन्द भएकाे थियो । यसअघि असोज १३ गते अन्तिम कारोबार भएकाे थियाे ।
साे दिन नेप्से परिसूचक १८५३.७६ को विन्दुमा पुगेर बन्द भएको थियो । आजकाे सेयर बजारकाे काराेबार यसैलालाई मानक बनाएर हुँदैछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




