
काठमाडौं, २३ असाेज । दशैं बिदाकाे ९ दिनपछि आजबाट खुलेको सेयरबजारमा हरियाली छाएकाे छ । सेयर बजारमा छाएकाे हरियालीले लगानीकर्ताकाे मनाेबल उच्च बनाएकाे छ । साताकाे पहिलाे काराेबार हुने दिन आइतबार सेयर बजारकाे माहाेल सकारात्मक बन्ने लगानीकर्ताकाे अपेक्षा पूरा भएपनि यसले निरन्तरता लिने कुरा महत्वपुर्ण हुनेछ । जाे भविश्यका दिनहरुले देखाउनेछ ।
आज शुरु भएको सेयर बजारकाे सकारात्मक माहाेल प्रत्यक्ष निर्वाचनकाे मनाेनयनपत्र दर्ताकाे दिनमै परेकाे छ । मंसिर ४ गते प्रदेशसभा तथा प्रतिनिधसभा निर्वाचनकाे सिलसिलामा हुने आर्थिक काराेबारले बजारमा टेवा पुग्ने बिश्वास बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जले नेप्से परिसूचक ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा चढेकाे जनाएकाे छ । नेप्सेमा २.४१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.७८ अंकले बढेर ३७२.२१ विन्दुमा पुगेकाे छ ।

यसदिन कूल २२४ वटा कम्पनीकाे सेयर काराेबार भएकाे छ । २५ लाख ३३ हजार ३ सय ९३ कित्ता सेयर खरिदबिक्रीबाट ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे छ ।
१३ वटै उपसमूहहरुमा हरियाली छाएकाे छ । सबैकाे सेयर बढेकाे छ । उनीहरुमध्ये फाइनान्स समूहकाे सेयरमूल्य धेरै बढेकाे छ ।

यसदिन हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयर सबैभन्दा बढी बिक्री भएकाे छ । साे संस्थापक सेयर २२ कराेड ६९ लाख ८१ हजार ७४४रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

सप्तकाेशी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले बढेर २ सय ३० रूपैयाँ ९० पैसा भएकाे छ।
यसदिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ काे मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डकाे मूल्य ४.४८ प्रतिशतले घटेर ८ रूपैयाँ ३१ पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




