घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज २४ गते २०७९ मा प्रकाशित



काठमाडौं, २४ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

अघिल्लो दिन एकैपटक रूपैयाँ ३००० ले बृद्धि भएको सुन ताेलामा आज रूपैयाँ ८०० ले गिरावट भएको छ । चाँदी ताेलामा रूपैयाँ २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रूपैयाँ ८०० ले घटेर तोलाको ९५ हजार २०० रूपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको ९६ हजार रूपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रूपैयाँ ८०० ले घटेर तोलाको ९४ हजार ७०० रूपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रूपैयाँ २५ ले गिरावट भई तोलाको १ हजार २३० रूपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार २५५ रूपैयाँमा कारोबार भएको थियो ।