
काठमाडौं, २४ असोज । अघिल्लो दिन आईतबार ४४.६२ अंकले बढेर १८९८.३८ विन्दुमा उक्लिएको नेप्से परिसूचक एकदिन टिक्न नसकेर भोलिपल्ट अर्थात सोमबार २७.१६ अंकले ओरालो लागेको छ ।
म्युचुअल फण्ड बाहेक सबै १२ वटै उपसमूहहरुमा रातो लागिेको छ । उनीहरु सबैको सेयरमूल्य घटेको छ । यसले लगानीकर्तालाई पुनः निरास बनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ विन्दुमा झरेको छ । नेप्सेमा १.४३ प्रतिशतको गिरावट भएको छ भने सेन्सेटिभ इण्डेक्स ५.३६ अंकले घटेर ३६६.८४ विन्दुमा रहेको छ ।

यसदिन कुल २२३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयरको खरिदबिक्रीबाट ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटा उपसमूहमध्येमा म्युचुअल फण्ड बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैकोे सयेरमूल्य घटेको छ । हरियो लागेको म्युचुअल फण्डको झिनो ०.१२ अंकले बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरको कारोबार भएको छ । सो प्रामोटर सेयरको १६ करोड ५८ लाख ७७ हजार ४१४ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको हो ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय एक रूपैयाँ ९० पैसा कायम भएकाे छ । हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेकाे छ । जाे १० प्रतिशतले घटेर २ सय ५१ रूपैयाँ १० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




