रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असाेज । रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २७ गते बिहिबार बुकक्लोज गरिएकाे बताएकाे छ।

कम्पनीले प्रस्ताव गरिएकाे लाभांश पारित गर्नका लागि कार्तिक ७ गते साधारणसभा डाकेकाे छ । साधारणसभा बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे डाकिएकाे छ। सभाबाट लाभांशकाे प्रस्ताव पारित भएपछी कम्पनीका सेयरधनीहरुले पाउने बाटाे खुल्नेछ।

लाभांश प्राप्तिका लागि सेयरधनीहरुले आजसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भइ कायम भएपछि मात्रै साधारण सभामा सहभागि हुन पाउनेछन् । साथै उनीहरु लाभांश प्राप्तिका लागि याेग्य मानिने छन्।

परियाेजनाकाे सञ्चालक समितिको बैठकले असाेज ७ गते सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतसहित नगद लाभांशसहित १०‍.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो।