सुनको भाउ बढ्यो, चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ असोज । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ तलमाथि भएको छ । छापावाल सुनमा रुपैयाँ २०० ले बढेको छ । सेतो धातु चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ २०० ले बृद्धि भएर तोलाको ९४ हजार २०० मा करोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २०० ले बढेर तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९३ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार २०० मा कारोबार भईरहेको छ । मंगलबार चाँदी तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।