
काठमाडौं, २६ असोज । लगातार ओरालोको यात्रामा गएकाे सेयर बजारकाे दृश्य आज ठीक उल्टाे देखिएकाे छ । अर्थात सेयर बजारले उकालाेकाे यात्रा तय गरेकाे छ । अघिल्लाे दिनकाे तुलनामा काराेबारमा पनि सुधार भएकाे छ भने १३ उपसमूहमध्ये दुइ बाहेक ११ वटा उपसमूहमा हरियाे लागेकाे छ । उनीहरु सबैकाे सेयर बढेकाे छ ।
सेयर बजारमा बैंकहरुकाे ब्याजदर नबढ्ने कुराहरु बाहिर लागेपछि लगानीकर्ताहरु लगानीका लागि अग्रसर देखिएकाेले सेयर बजारमा चमक देखिएकाे आकलन गरिएकाे छ ।
अर्थमन्त्री जनार्दन शर्माले ब्याजदरका बारेमा सुझाव लिनका लागि गठन गरेकाे समितिले समितिले खुल्लामुखि अर्थव्यवस्थामा भएकाे देशमा ब्याजदरलाइ स्वतन्त्र रुपमाबजारले निर्धारण गर्ने भएकाेले हस्तक्षेप गर्न नहुने भन्दै सुझाव दिइसकेकाे छ ।
अर्थमन्त्री शर्माले राष्ट्र बैंकमार्फत बैंकरहरुलाई यसका बारेमा ध्यानाकर्षण गराइसकेका छन् भने कात्तिकमा निक्षेपमा ब्याज नबढ्ने हल्ला सेयर बजारमा छरपष्ट भएकाे छ । यसैकाे कारण साताकाे सेयरकाे काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारले अघिल्लाे लिनकाे यात्रालामा ब्रेक लगाउँदै उकालाे लागेकाे हाे ।

यसदिन नेप्से परिसूचक ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा उक्लिएकाे छ । नेप्सेमा ०.६१ प्रतिशतले बृद्धि भएकाे छ भने सेन्सेटिभ इण्डेक्स २.४८ अंकले बढेर ३६६.११ विन्दुमा पुगेकाे छ ।
बुधबार कूल २२३ वटा कम्पनीकाे सेयर काराेबार भएकाे छ । २० लाख ८५ हजार २ सय ८४ कित्ता सेयरकाे खरिदबिक्री भएकाे छ । यसबाट ६९ करोड १७ लाख ३७ हजार ८ सय ९४ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

१३ वटा उपसमूहहरुमा व्यापार र म्युचुअल फण्ड बाहेक बाँकी ११ वटा उपसमूहहरुमा हरियाे लागेकाे । उनीहरु सबैकाे सेयर बढेकाे छ । काराेबारकाे आधारमा सबैभन्दा बढी नबिल बैंककाे काराेबार भएकाे छ । बैंककाे २ कराेड ४० लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे नेप्सेले जनाएकाे छ ।
यसदिन अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ७ रूपैयाँ २० पैसा भएकाे छ । उता एभरेष्ट बैंक डिबेञ्चरकाे मूल्य सबैभन्दा धेरै ९.८३ प्रतिशतले घटेर ७ सय ८० रूपैयाँ कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




