
काठमाडौं, २७ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारले लगानीकर्ताको मनोबल बढाएको छ ।
१३ उपसमूहहरुमध्ये हाइड्रोपावर बाहेक सबैमा हरियो लागेको छ । नेप्सेमा भएको दोहोरो अंकको बृद्धिले अब बजारले सकारात्मक लय लिन्छ कि भन्ने आशा पलाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.१५ अंकको बृद्धि भएर १८७०.६३ विन्दुमा उक्लिएको छ । यसदिन नेप्सेमा ०.२२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.९५ अंकले बढेर ३६७.१४ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२२ कम्पनीको सेयर कारोबार भएको छ । २६ लाख ९८ हजार ३४७ कित्ता सेयरको खरिदबिक्रीबाट ८३ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ बराबरको कारोबार भउको छ ।
नेप्सेका अनुसार १३ उपसमूहरुमध्येमा हाइड्रोपावर उपसमूहको २.३५ अंकले घटेको छ । बाँकी सबै १२ वटै उपसमूहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारुमा सबैभन्दा बढी आज पनि सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । बैंकको ३ करोड ४० लाख ३५ हजार २०२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ६७ रूपैयाँ ९० पैसा भएकाे छ । सिटिजन्स म्युचुअल फण्ड २ काे मूल्य सबैभन्दा धेरै घटेर ७ रूपैयाँ ९५ पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




