इष्टर्न हाइड्रोपावरकाे सेयरमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     असाेज २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ असाेज । इष्टर्न हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि ६ लाख ७० हजार ३१० कित्ता सेयर बिक्रीमा ल्याएकाे छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका जनताकाे लागि सेयर निष्काशन गरेकाेमा साे बेलामा बिक्री हुन बाँकी रहेकाे ५० हजार ३१० कित्ता सेयरसहित ६ लाख ७० हजार ३१० कित्ता सेयर निष्काशन गरेकाे हाे ।

साे सेयरबाट ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषको लागि रहेकाे छ । १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ। सर्वसाधारण लगानीकर्ताले बाँकी हुने ६ लाख २३ हजार ३८९ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० कित्ता तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन पेश नभएकाे खण्डमा ढिलाेमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा शाखाहरुबाट र मेरो सेयर वेब पेज वा एप्सबाट पनि आवेदन दिन पाउनेछन्।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे कम्पनीकाे दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम छ भन्ने हाे ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।