घट्यो सुन र चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     असाेज २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ असोज । साताको सुनचाँदीको कारोबार हुने छैंटौ दिन शुक्रबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन तोलामा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १०० ले बढेर तोलाको ९४ हजार १०० मा खरिदबिक्री भईरहेको छ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १०० ले गिरावट भई तोलाको ९३ हजार ६०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले गिरावट भई तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।