सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असोज । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने सुरुवाती म्याद गत असोज ४ गतेसम्म रहेकामा माग बमोजिम आवेदन नपरेपछि कम्पनीले आगामी आज असोज ३० गतेसम्ममा लागि म्याद लम्ब्याएको थियो ।

कम्पनीले अति प्रभावित, न्यून प्रभावित, प्रभावित र सामान्य प्रभावित गरी ४ समूहका लागि प्रतिसमूह ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

सेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे, प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीले आवेदन दिन सक्ने व्यवस्था छ ।

कम्पनीका अनुसार निष्कासित सेयरमध्ये अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिनेछ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष र सह-निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड र एनएमबि क्यापिटल लिमिटेड रहेका छन् । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ७ सय कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।