नेप्से ९.६९ अंकले घट्याे, एभरेष्ट बैंककाे कारोबार ८ करोड बढी

-



     सफल आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० असोज । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारले ओरालोको यात्रा तय गरेको छ । १३ उपसमूहमध्ये दुई बाहेक सबैको रातो लागेको छ ।

नेप्सेमा लामो समयदेखिको गिरावटको यो समस्या जिउँकातिउँ हुँदा लगानीकर्ताहरुमा उत्साह जाग्न सकेको छैन । अझैं पनि उनिहरु पर्ख र हेरको स्थितिमा नै रहेका छन् ।

यहि बेलामा बैंक तथा बित्तीय संस्थाहरुको किस्ता, व्याजको ताकेतामा परेका व्यवसायीहरु असोज महिना सकिनै लाग्दा पनि उनीहरुमा उत्साह जागेको पाइएन । निरन्तरको ताकेतापछि असार सकिदाका यी दिनहरुमा पनि लगानीकर्ताहरु खुसि हुन नसक्नाले त्यसकाे प्रभाव बजारमा देखिएकाे छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.६९ अंकले घटेर १८६०.९४ विन्दुमा झरेको छ । नेप्सेमा ०.५२ प्रतिशतको गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेर ३६५.४२ विन्दुमा रहेको छ ।

यसदिन कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । २५ लाख ७४ हजार ७८५ कित्ता सेयरको कारोबारबाट ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमा दुईवटामा हरियो लागेको छ । उनीहरु बैंकिङ तथा उत्पादन समूह रहेका छन् । यी दुबैको सेयर बढेको छ । बाँकी ११ उपसमूहहरुमा रातो लागेको छ । उनीहरुको सेयरमूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको कारोबार बढी भएको छ । बैंकको ८ करोड ४७ लाख ५९ हजार ७३९ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ३४ रूपैयाँ ६० पैसा पुगेकाे छ । पिपुल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ५५ रूपैयाँ ७० पैसा कायम भएकाे छ ।