
काठमाडौं, ३१ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सेयर बजारमा २.६१ अंकको गिरावट देखिएको छ । यसरी घटेको नेप्से परिसूचक १८५८.३३ विन्दुमा ओर्लिएको छ ।
नेप्सेमा ०.१४ प्रतिशतले गिरावट हुँदा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स झिनो अंकले बढेको छ । यो ०.२० अंकले बढेर ३६५.६२ विन्दुमा पुगेको छ ।

बैंकहरुले कार्तिक महिनामा ब्याज नबढाउने कुरा बाहिर आएसंगै सेयर बजारमा त्यसको प्रभाव परेको देखिएको छ । यसैको कारण १३ उपसमूहरुमध्ये ६ वटामा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । यसले लगानीकर्ताको मनाेवल बढाउन सहयोग पुगेको बताईएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन कुल २१९ कम्पनीको सेयर कारोबार भएको छ । १६ लाख ३१ हजार ३४९ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ५१ करोड ५८ लाख १८ हजार ९९० कित्ता सेयरको खरिदबिक्री भएको छ ।

१३ उपसमूहहरुमध्ये ६ वटामा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ । बाँकी ७ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको २ करोड ७९ लाख १९ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय ८ रूपैयाँ पुगेकाे छ। यस्तै सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९६ प्रतिशतले बढेर २ सय १४ रूपैयाँ २० पैसा पुगेकाे छ । पिपुल्स पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेर २ सय ३० रूपैयाँ २० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




