
काठमाडौं, १ कात्तिक । इष्टर्न हाइड्रोपावरकाे सेयरमा आवेदन दिने म्याद १ दिन थप भएकाे छ । अब लगानीकर्ताले कात्तिक २ गतेसम्म आवेदन दिन पाउने भएका छन् ।
इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि कात्तिक १ गते आजसम्मका लागि सर्वसाधारणका लागि ६ लाख २३ हजार ३८९ कित्ता सेयर निष्काशन गरेकाे थियाे । १ दिन थप भएपछि कात्तिक २ गते भाेलिसम्म आवेदन दिने माैका मिलेकाे हाे ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएका कारण कम्पनीले आवेदन दिने मिति साेमबार १ दिनका लागि थप गरेकाे हाे ।
सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी दिएकाे छ ।
केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत हाे ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




