
काठमाडौं, १ कात्तिक । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्। दुबै कम्पनी एकापसमा गाभिएर कात्तिक ७ गतेबाट एकीकृत कारोबार सुरु गरिने भएकाे हाे ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्नका लागि बीमा समितिले असोज १४ गते अन्तिम स्वीकृति दिएकाे थियाे । यस्तै कम्पनी रजिष्ट्रारकाे कार्यालयले असोज २७ गते अन्तिम स्वीकृति दिएकाे थियाे । उनीहरुबबीच यसअघि असार २९ गते मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएकाे थियो ।
सानिमा जनरल र जनरल इन्स्योरेन्स गाभिएपछि उनीहरुले सानिमा जिआईसी इन्स्याेरेन्सकाे नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । यसैका लागि दुवै कम्पनीको असोज ११ गते साधारणसभा बसेकाे थियाे । बैठकले मर्जरमा जाने प्रस्तावलाई पारित गरेकाे थियाे । दुबै मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का रहेकाे छ ।
अहिले सानिमा जनरल इन्स्याेरेन्सको चुक्ता पूँजी रुपैयाँ १ अर्ब र जनरल इन्स्याेरेन्सको रुपैयाँ १ अर्ब रहेको छ । बीमा समितिले गएकाे चैत १० गते गरेकाे निर्देशनमा एक वर्षभित्र निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीले ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने भनिएकाे थियाे।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




