
काठमाडौं, १ कात्तिक । विदेशी सेवा प्रदायक कम्पनीले नेपालमा काम गर्दा अब १.५ प्रतिशत मात्र आयकर तिरे पुग्ने निर्णय गरेको छ । १.५ र ५ प्रतिशतमा रस्काकस्सी भइरहँदा सरकारले १.५ प्रतिशतको निर्णय गरेको हो ।
आन्तरिक राजस्व विभागले सूचनामार्फत् यस्ता कम्पनीलाई १.५ प्रतिशतका दरले कर दाखिला गर्न निर्देशन दिएको छ । करको दर विवाद टुङ्ग्याउँदै विभागले सूचना जारी गरेर कर दाखिलाका लागि निर्देशन दिएको हो ।
सूचना अनुसार १ अर्बको ठेक्कामा काम गर्ने कम्पनीले १.५ प्रतिशतले हुन आउने १ करोड ५० लाख कर तिर्नुपर्नेछ । मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण कार्यका लागि छनोट भएको अन्तर्राष्ट्रिय कम्पनीको नेपालमा कार्य सम्पादन गर्न खडा गरिएको निकाय (स्थायी संस्थापन) को आय, सो आयबाट सिर्जना भएको सम्पूर्ण व्यावसायिक मुनाफामा तिर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
विदेशी कम्पनी आयकर ऐन, २०५८ को दफा २ को खण्ड (भ) को उपखण्ड (५) तथा खण्ड (क) को उपखण्ड (४) बमोजिम स्थायी संस्थापन हुने उल्लेख गरिएको छ । त्यस्तो विदेशी निकायले नेपालमा एउटै बोलपत्र/खरिद सम्झौता मार्फत कुनै आयोजनाको लागि मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण लगायतका कार्य गर्न सम्झौता गरेको कुल ठेक्का रकम नै उक्त बासिन्दा निकाय (स्थायी संस्थापन) को आय हुनेछ ।
विभागले त्यस्ता कम्पनीको उक्त प्रकारको आयबाट सिर्जना भएको सम्पूर्ण व्यावसायिक मुनाफामा आयकर ऐन, २०५८ बमोजिम नेपालमा कर तिर्नुपर्ने भएकोले उक्त सम्झौता वापतको रकम भुक्तानी गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ८९ को उपदफा (१) बमोजिम १.५ प्रतिशतका दरले कर कट्टी गर्ने निर्णय गरिएको बताएको छ।
विभागले सूचनामार्फत् कर कट्टी गरिएको कर रकम तोकिएको अवधिभित्र राजस्व खातामा दाखिला गरी अनिवार्य रुपमा करदाताको स्थायी लेखा नम्बर राखी विद्युतीय माध्यमबाट कर कट्टी विवरण (इटीडीएस) पेस गर्न पनि निर्देशन दिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




