पाेखरामा कात्तिक ४ देखि छैठौं गोदावारी पुष्प प्रदर्शनी र प्रादेशिक मेला हुने

-



     सफल आवाज    
     कार्तिक १ गते २०७९ मा प्रकाशित



पोखरा १ कात्तिक । पोखरामा कात्तिक ४ देखि ६ गतेसम्म छैठौं गोदावारी पुष्प प्रदर्शनी तथा तेस्रो गण्डकी प्रादेशिक पुष्प मेला हुने भएको छ ।

फलोरिकल्चर एशोसिएसन नेपाल (फान) कास्कीको आयोजनामा हुने मेलामा करिब २५ वटा स्टल रहने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

पोखरा रंगशालामा आयोजना हुने मेलामा गोदावारी फूलका साथै अन्य परम्परागत फूल, कटफ्लावर, सुनगाभा, सिजनल फूलका स्टलहरु बिक्रिका लागि राखिने फान कास्कीका अध्यक्ष एवं संयोजक डिलबहादुर गुरुङले जानकारी दिए ।

फलोरिकल्चर एशोसिएसन नेपाल (फान) कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्धाले सरकारको स्पष्ट पुष्प नीति नहुँदा व्यवसायीहरु मारमा परेको गुनासो गरे । तिहारमा समयमा पोखरामा साढे २ करोडको फूलको कारोवार हुने उनले बताए ।

मेला सञ्चालनका लागि ८ लाख ५० हजार खर्च लाग्ने संस्थाका सचिव रामप्रसाद सुवेदीले बताए। मेलाको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गर्ने छन् ।