सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुन र चाँदीको भाउ सामान्य घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ १०० ले घटेर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १०० ले घटेर तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।