
काठमाडौं, ३ कात्तिक । सेयर बजारको घट्दो क्रममा अझैं रोकावट हुन सकेको छैन । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार अर्ध लयमा देखिएको छ ।
पूर्णतया अझैं पनि सेयर लगानीकर्ताहरु ढुक्क हुने अवश्थामा रहेका छैनन् भने उनीहरुसंग पर्ख र हेरको स्थितिभन्दा अर्को भरपर्दो उपाए छैन ।
यसदिनको नेप्सेको शुरुआतको अवश्था र बन्द हुँदाको तथ्य बाहेकको दृश्य भने एउटै रह्यो । आजको प्रिओपन सेसनको दृश्य बजार बन्द हुँदा पनि उस्तै देखियो ।
नेप्से परिसूचक घट्दा सेन्सेटिभ इण्डेकसमा भने केहि बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.३८ अंकले घटेर १८४४.१४ विन्दुमा झरेको छ । नेप्सेमा ०.०७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.०९ अंकले बढेर ३६३.०५ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२१ कम्पनीहरुको सेयेर कारोबार भएको छ । १५ लाख ४६ हजार ८५७ कित्ता सेयरको खरिदबिक्रीबाट ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये तीनवटामा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ । बाँकी १० वटा उपसमूहरुमा रातो लागेको छ । उनीहरुको सेयरमूल्य घटेको छ ।

आज व्यापारतर्फ १२.११ अंकले बृद्धि भएको छ । विकास बैंकतर्फ ८.०८ अंकले र लगानीतर्फ ०.१ अंकले बृद्धि भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्थाको कारोबार भएको छ । संस्थाको ३ करोड ६९ लाख ५२ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ५९ रूपैयाँ १० पैसा पुगेकाे छ । अभियान लघुवित्त वित्तीय संस्थाकाे सेयरमूल्य घटेकाे छ । संस्था धेरै सेयरमूल्य घटेकाहरुमा तेश्राेमा रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




