नबिल फ्लेक्सी क्याप फण्ड कात्तिक २३ गतेदेखि निष्काशन हुँदै

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएकाे छ । कम्पनीले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएकाे हाे ।

प्रतिइकाई १० रुपैयाँ दरकाे ७ करोड इकाईबाट घटीमा १ करोड १२ लाख अथवा कुल बिक्री भएको इकाईकाे १५ प्रतिशत इकाई कोष प्रबर्धक तथा योजना व्यवस्थापकका लागि रहेकाे छ।

कम्पनीले कोष प्रबर्धक तथा योजना व्यवस्थापकका लागि छुट्याएकार बाँकी हुने ६ करोड ३७ लाख ५० हजार इकाई निष्काशन गर्ने भएकाे हाे । पहिलो चरणमा कम्पनीले सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्ने जनाएकाे छ ।

लगानीकर्ताले नबिल फ्लेक्सी क्याप फण्डकाे इकाईमा यही कात्तिक २७ गतेसम्म आवेदन दिन सक्नेछन् । ताेकिएकाे मितिसम्म माग बमाेजिमकाे आवेदन पेश नभएकाे खण्डमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ। यसका लागि घटीमा १०० र बढीमा ७५ लाख इकाईका लागि आवेदन दिन पाइनेछ।

नबिल फ्लेक्सी क्याप फण्डको इकाई निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।