शुक्रबार अमेरिकी डलरको भाउमा गिरावट

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । बिहिबार हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकी डलरको भाउमा आज थोरै घटेको छ । यसदिन डलरमा ४२ पैसा गिरावट भएको हाे।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ ।

बिहिबार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५४ पैँसा रहेको थियो भने बिक्रीदर १३३ रुपैयाँ १४ पैसा पुगेको थियो । यसदिन डलरमा ४२ पैसा गिरावट भएको छ ।

विश्व बजारमा अमेरिकी डलर बलियो भएपछि नेपाली मुद्रामा अवमूल्यन हुन्छ । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर कारोबार हुने गरेको छ । अमेरिकी डलर बलियो भयो भने भारतीय रुपैयाँ कमजोर हुने भएकोले त्यसको असर नेपाली मुद्रामा पर्ने गरेको छ ।

नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च छ । त्यसको भुक्तानी डलरमा हुने भएकोले व्यापार घाटा भईरहेको छ र यो बढ्दो छ । यसको कारण शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमा असर परेको छ ।

यस्तै आज युरोको खरिददर १२९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३० रुपैयाँ १६ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैया १५ पैसा रहेको छ ।

पाउण्डस्ट्रलिङ १ को खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८७ पैसा रहेको छ । स्वीस फ्र्यांक १ को खरिददर १३१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३२ रुपैयाँ २७ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८३ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९२.८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २८ पैसा रहेको छ ।