घट्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने छैंटौ दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

यसदिन छापावाल सुन तोलामा रुपैयाँ ६०० ले घटेको छ । चाँदीकाे भाउ बिहिबारकै ताेलाकाे रुपैयाँ १ हजार १७० नै कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ६०० ले घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार छापावाल सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ६०० ले घटेर तोलाको ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज सेतो धातु चाँदीको भाउमा भने कुनै फेरबदल भएको छैन । चाँदी बिहिबारकै भाउ तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ ।