प्रि-ओपन सेसन: नेप्सेमा सामान्य वृद्धि

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । साताका पहिलो कारोबार दिन आज आइतबारको प्रि(ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले उकालिएको छ । अघिल्लो कारोबार दिनमा १.३८ अंक घटेर १८४४.१४ विन्दुमा बन्द भएको नेप्से आजको प्रि-ओपन सेसनमा ०.३६ अंक बढेर १८४४.५० विन्दुमा पुगेको हो । यो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.१९ अंक बढेको छ ।

आजको प्रि-ओपन सेसनमा ९ स्टकको ३ लाख ६० हजार २१४ रुपैयाँ बराबरको १ हजार २७० कित्ता शेयर खरिदबिक्री भएको छ । यीमध्ये ४ स्टकको मूल्य बढेको छ भने ४ को घटेको छ । बाँकी एउटा स्टकको मूल्य स्थिर रहेको पाइएको छ ।