सुनचाँदीको भाउ बढ्यो

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कात्तिक । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । चाँदीकाे भाउ पनि शुक्रबारको तुलनामा ४५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि १ हजार ५ सय रुपैयाँले नै बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि भएको छ । बिहीबार र शुक्रबार तोलाको समान १ हजार १७० रुपैयाँमा कारोबार भएको चाँदी आज भने ४५ रुपैयाँ बढेर १ हजार २१५ रुपैयाँमा किनबेच भइरहेको छ ।