सेयर बजार उकालो यात्रामा, लगानीकर्ता उत्साहित

-



     सफल आवाज    
     कार्तिक ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ कार्तिक । लगातार ओरालो लाग्दै आएको नेपाली सेयर बजार आज चाडपर्वकोबीच अर्थात तिहारको काग तिहारको दिनमा उकालो लागेको छ ।

साताको सेयर कारोबार हुने पहिलो दिन सेयर बजार आईतबार उकालोको यात्रामा गएपछि लगानीकर्तामा उत्साह थपिएको छ । दुईवटा उपसमूह बाहेक सबैमा हरियाली छाएको छ । सबैको सेयरमूल्य बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.८८ अंकले बढेर ३६५.९३ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२१ कम्पनीको सेयरकारोबार भएको छ । जम्मा १५ लाख ३८ हजार ४२ कित्ता सेयरको खरिदबिक्री हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहरुमध्ये दुईमा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ११ उपसमूहहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एभरेष्ट बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ५ करोड १६ लाख ३२ हजार ९९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेकाे काराेबारकाे रेसियाे १८ सयको घेराे नाघ्न नसकेकाे लामाे समय भइसकेकाे छ । नयाँ सरकार परिवर्तन भएर बाँकी कार्यकाल सकिएर नयाँ निर्वाचन नजिकरहँदा सेयर बजार पूर्ण रुपमा सकाराट्टमक लयमा जान सकेकाे छैन ।

सेयर नीतिगत तथा अस्थिरताबाट पनि मुक्त हुन सकेकाे छैन । उता बैंककाे उच्च ब्याजदरका कारण सेयर बजारले गति लिन सकेकाे छैन भने लगानीकर्ताहरु ढुक्क भएर लगानीका लागि तत्पर हुन कसेका छैनन् ।

तर पनि हालैका दिनमा बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्न लागेकाेले सेयर बजारमा राैनकता थपिने बजारले विस्तारै सकारात्मक गति समाउने आशा गरिएको छ ।