
मुसिकोट ६, असोज । तिहार नजिकिएसँगै रुकुम पश्चिमका विभिन्न बजारका पसल प्लास्टिकका मालाले भरिभराउ छन् । केही दिनअघि अघि मात्रै फूलमाला नदेखिने बजार क्षेत्रका पसलमा हिजोआज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्री राखिएका छन् । बजारका ठाउँठाउँमा तिहार लक्षित सामग्री राखिएका छन् ।
भाइ टीकाको दिन नजिकिँएसँगै सदरमुकाम खलङ्गा, बागबजार, सल्ले, सेरिगाउँ लगायतका बजार क्षेत्रका पसल माला र तिहारका सामग्रीले रङ्गिएका छन् । तर बजारमा पाइने सबै माला प्लास्टिकका हुन् ।
जिल्लामा सयपत्रीको माला बिक्रीको चलन छैन् । ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भए पनि रुकुम पश्चिममा भने प्लास्टिककै मालाको भर पर्नुपर्छ । जिल्लामा बर्सेनि ठूलो मात्रामा प्लास्टिकका माला खपत हुने गरेको छ ।
प्लास्टिकका बाहेक फूलका माला पाइँदैन । जिल्लामा फूलको मालाको बजार नरहेको व्यापारी बताउँछन् । फूलका माला छिट्टै बिग्रिने भएकाले प्लास्टिककै माला बढी किनमेल हुने गरेको व्यापारी बताउँछन् ।
तिहारमा मालासँगै ढाकाको टोपीको पनि उत्तिकै माग हुने गरेको खलङ्गा बजारमा कस्मेटिक पसल चलाउँदै आएकी गीता पोख्रेलले बताइन। तिहारका लागि माला र ढाका टोपी बुटवल, दाङ लागयतका ठाउँबाट ल्याएर बिक्री गरेको उनले बताइन ।
यस्तै बागबजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी रिमा मल्लले पनि पलास्टिकका मालाको माग धेरै रहेको बताइन। “फूलको व्यावसायिक उत्पादन नुहुँदा तिहारमा प्लास्टिककै मालाको भर पर्नुपरेको छ”, उनले भने। गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ ।
तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु हुनसकेको छैन् । सरकारले प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्लास्टिकजन्य मालाको बिक्री वितरण नगर्न र गरेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्ने सूचना जारी गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




