बिजि बि कोरियन रेष्टूरेन्ट आजदेखि सञ्चालनमा

-



     आरजू विष्ट सल्यानी    
     कार्तिक ७ गते २०७९ मा प्रकाशित



पोखरा, ७ कार्तिक । बिजिबि टीमले पोखराको लेकसाईडमा आजदेखि बिजिबि कोरियन रेष्टूरेन्ट संचालनमा ल्याएको छ । २०४५ सालमा बिम बिम रेष्टूरेन्टबाट पर्यटन व्यवसायमा लागेका व्यवसायी ज्याक तामाङले केही वर्ष बिजि बि क्याफेकाे रुपमा संचालन गरेका थिए । हाल क्याफे प्रा.लिमा परिणत भएपछि बिजि बि टीमले संचालन गरिरहेको छ ।

बिजि बि टीमले आजबाट संचालनमा ल्याएको पोखरा लेकसाईडस्थित स्ट्रीट नं १५ मा अवश्थित बिजि बि कोरियन रेष्टूरेन्टको प्रमुख अतिथि क्याप्टेन विजय लामाले उद्घाटन गर्दै नेपाल जस्तो पर्यटनको धेरै संभावना भएको देश अन्त कतै नभएको बताए । उनले भने, हामीसंग हिमाल छ, पहाड छ र समथर भूभाग छ र यही छ हाम्राे कमाइकाे क्षेत्र पर्यटन्।

यी सबै क्षेत्रमा पर्यटनलाई चलायमान बनाउन सकिन्छ । लामाले पर्यटनको विकासमा सरकार र सबैको इच्छाशक्तिको खाँचो औंल्याए । हामीले हाम्रो हिमाल, पहाड, लेक, तालतलैया सबैलाई बचाउनु पर्छ भन्दै पोखरा र यस क्षेत्रको पर्यटनको विकासको लागि एकतावद्ध हुन आवश्यक भएको बताए । उनले पर्यटनसंग आवद्ध पर्यटन व्यवसायीलाई आन्तरिक पर्यटनलाई जति सक्यो धेरै प्रवर्धन गर्न आग्रह गरे ।

केहि सरकारी बिल्लाधारीको कारण पर्यटनले दुःख पायाे : थापा

नेपाल पर्यटन बोर्डमा पूर्व सदस्य तथा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले नेपालको पर्यटन विकसका लागि राजनीतिक ईच्छाशक्तिमा कमि भएको बताए । उनले भने, अन्तराष्ट्रिय एयरपोर्ट बनिसक्यो, निर्माण कम्पनीले चाँबि दिएर गईसक्यो तर यसको संचालनले गति लिन सकेको छैन ।

डाँडा कटान हुन सकेको छैन र ल्याण्डफिल्ड साईडको टुंगो लागेको छैन । अन्तराष्ट्रिय रुटको खोजि भएको छैन अनि कसरी सन्चालन हुन्छ ? उनले जहाजको भाडादर महंगो भएको कारण नेपाल आउन तयार रहेका ३० टाेलीमध्ये ५, ६ वटा मात्रै आउने तरखरमा रहनु दुःखदायी भएकाे बताए । उनले भने अन्तराष्ट्रिय उडानमा पनि भ्रष्टाचार छ तर पनि बाध्य भएर केहीले भ्रमण गरेका छन् ।

पर्यटनबोर्ड तथा त्यसका सदस्यहरु दशैं तिहार मान्न बसिरहेका छन् । तर उनीहरुमा पर्यटनलाई बचाउनु पर्छ भन्ने ध्यान छैन । थापाले केहि सरकारी बिल्लाधारीको कारण निसिम थापाको प्याराग्लाईडिङको दुर्घटनालाई लिएर उडान नै बन्द गर्नुपर्ने कारण लेनदेन नै हो । खान खोजे होलान् उनले भने, मुलुक भ्रटाचारी र अपराधिले खत्तम पारे । थापाले कठिन समयमा पनि पोखरा लेकसाईडमा बिजि बि कोरियन रेष्टूरेन्ट खोलेर सेवा गर्ने साहस गरेकोमा वधाई दिए ।

पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बैंक, वित्तीय संस्थाहरुले ब्याजदर बढाईरहेको र व्यवसायीलाई आतंकित पारिरहेको अवश्थामा कोरियन स्वादका खानाका परिकार चखाउन बिजि बि कोरियन रेष्टूरेन्ट खोल्नु साहसी काम भएको बताए । उनले सो अवसरमा परिषदले सबैको सहकार्यमा विदेशमा बस्ने प्रत्येक एक नेपालीबाट एक पर्यटकको अवधारणा सुनाउँदै “एक नेपाली एक पर्यटक” को अभियान चलाईएको बताए ।

बैंक आतंकले व्यवसायी आन्दोलनमा उत्रिन वाध्य : कार्की

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यष गोकर्ण कार्किले हामी सबैले पर्यटनलाई मुख्य रुपमा जोड दिनुपर्ने र प्रवर्धन गर्नुपर्ने बताए । उनले अहिले व्यवसायीमाथि बैंक, बित्तीय संस्थाहरुको आतंक भईरहेकोले आन्दोलनमा उत्रिन वाध्य हुन लागेको बताए । कार्किले भने चर्को ब्याजदर असुल गरिरहेका बैंक वित्तीय संस्थाहरु विरुद्ध आन्दोलन गर्दैछौं ।

उनले पोखरालाई आर्थिक रुपमा चलायमान बनाउन सबैभन्दा पहिले लेकसाईडलाई चलायमान बनाउन आवश्यक भएको बताए । उनले पर्यटन क्षेत्रमा रात्रिकालिन व्यवसायीक सेवा दिन सके आर्थिक गतिविधि बढाउनेमा दुई मत नभएको बताए ।

यसअघि कार्यक्रममा बिजि बि टीमका सदस्य सुनिल भट्टराईले सहभागिलाई स्वागत गरेका थिए । सो अवसरमा उनले आफ्नो टीमले हाल बिजि बि क्याफे, रिसोर्ट संचालन गरिरहेको अवश्थामा कोरियन रेष्टुरेन्ट संचलनमा ल्याएको र निकट भविष्यमा काठमाडौं ठमेलमा बिजि बि क्याफे संचालनमा लाईने बताए । साथै उनले नेपालका प्रमुख शहरहरुमा बिजि बिका शाखाहरु खाेल्ने लक्ष्य रहेको जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता बिजि बि टीमका अगुवा ज्याक तामाङले गरेका थिए भने संचालन कविता गुरुङले गरेकि थिइन।