
काठमाडौं, ८ कार्तिक । नेपाल एसबिआई बैंकले यस आर्थिक वर्षमा ६८.२३ प्रतिशत खुद नाफा गर्न सफल भएकाे छ । बैंकको सार्वजनिक भएकाे पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षकोभन्दा बैंकको खुद नाफामा बृद्धि भएकाे देखिन्छ ।
बैंकको खुद नाफाकम ६८.२३ प्रतिशतले बृद्धि भएर ६२ करोड ७३ लाख रुपैयाँ कायम भएकाे छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बृद्धि भएपछि खुद नाफामा बृद्धि भएकाे हाे ।
खुद ब्याज आम्दानी ५३.५४ प्रतिशतले बढेको छ । कमिशन आम्दानीमा १.२० प्रतिशतले बृद्धि भएकाे भने सञ्चालन आम्दानीमा ३९.८१ प्रतिशतले बढेकाे छ । यस्तै बैंकको सञ्चालन मुनाफामा ६७.९६ प्रतिशतले बृद्धि भएकाे छ। असोज सकिदाँसम्म यस्काे वितरणयोग्य नाफा १ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ रहेको देखिन्छ।
बैंकको नाफामा भएकाे बृद्धिसँगै प्रतिशेयर आम्दानीमा बृद्पधि भएकाे हाे । ईपीएस आम्दानी ९ रुपैयाँ ८३ पैसाबाट बढेर २५ रुपैयाँ ५४ पैसा कायम भएकाे छ। यस आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको जगेडा कोषमा ७.३४ प्रतिशतले बढेकाे छ । निक्षेपमा ६.४४ प्रतिशत तथा कर्जामा ६.५८ प्रतिशतले बृद्धि भएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




