
काठमाडौ, १० कार्तिक । बरुण हाइड्रोपावरले कात्तिक १४ गतेदेखि ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्रीमा ल्याउने भएकाे छ । कम्पनीले सर्वसाधारण समूह तर्फको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्रीमा ल्याउन लागेकाे हाे ।
लिलामी सेयरकाे खरिदकाे लागि लगानीकर्ताले घटीमा १०० रुपैयाँकाे रेसियाेलाई आधार बनाएर त्यसमाथिकाे मूल्य ताेकेर बोलकबोलद्वारा आवेदन दिन पाउनेछन् । यसका लागि कात्तिक २१ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकिएको छ । लगानीकर्ताले घटीमा १०० तथा बढीमा सबै कित्ता माग गर्न सक्नेछन् ।
कम्पनीकाे गएकाे भदौ ६ गतेदेखि २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियाे । जसमा २३ लाख २४ हजार १५ कित्ता माग गरिएकाे थियाे । माग अनुसारकाे सेयर बिक्री नभएपछि बाँकी रहेकाे ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्रीमा ल्याउन लागेकाे हाे ।
लिलमी सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले काठमाडौ टेकुमा रहेकाे बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडमा गएर आवेदन दिन पाउनेछन्।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालय वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौडा, तुलसीपुर, महेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन सकिनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




