मजबुत बन्यो डलर, आज १३२ रुपैयाँ २६ पैसामा सटही हुँदै

-



     सफल आवाज    
     कार्तिक १२ गते २०७९ मा प्रकाशित



काठमाडौं, १२ कार्तिक । अघिल्लो दिन शनिबार डलरकाे भाउ स्थिर रहँदा मजबुत भएको युरो आज साताको पहिलाे दिन आईतबार डलरभन्दा केहि कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले यसदिन प्रकाशन गरेको विदेशी मुद्राकाे विनिमय दरका अनुसार आज डलरको भाउ युरोभन्दा माथि गएको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रि १६० रुपैयाँ १५ पैसा रहेको छ ।

भारतसंगको नेपालको विनिमयदर स्थिर रहेको छ । भारुमामा हुने मजबुति तथा कमजोर दुबैको प्रभाव नेपाली अर्थतन्त्रमा पर्दछ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३२ रुपैयाँ २६ पैसा रहेको छ ।

युरो १ को खरिददर १३१ रुपैयाँ र बिक्रीदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । पाउण्डस्ट्रलिङ १ को खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा रहेको छ ।

स्वीस फ्र्यांक १ को खरिददर १३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८४ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १५ पैसा रहेको छ ।