भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२३ को अक्टोबरसम्म लम्बियाे

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ कार्तिक । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध थप एक वर्ष बढाएकाे छ ।

समाचार एजेन्सि रोएटर्सले चिनी निर्यातमा लगाएको प्रतिबन्धमा पुन: १ वर्ष थपेर सन् २०२३ अक्टोबर ३१ सम्म याे लागू हुने जनाएकाे छ । यसकाे असर उसका नेपाल लगायतका छिमेकी देशमा पर्ने आकलन गरिएकाे छ ।

भारतले गएकाे मे महिनामा मूल्यबृद्धि हुनसक्ने भन्दै चिनी निर्यातमा प्रतिबन्ध लगाएकाे थियो । साे प्रतिबन्ध अक्टोबर महिनाको अन्त्यसम्म लागू गरिएकाे थियाे । साे अवधि सकिएकाेले फेरि निर्यात प्रतिबन्ध सन् २०२३ को अक्टोबर महिनाकाे अन्तिमसम्म कायम रहने भनिएकाे छ ।

भारत सरकारले ८० लाख टन चिनी निर्यात गर्नका लागि सक्षम हुने बताएकाे छ। सन् २०२३ सम्म ३ करोड ६५ लाख टन चिनी उत्पादन गर्ने भनिएकाे छ।

मार्केटिङ वर्ष २०२१–२२ मा भारतको चिनी निर्यात ५७% ले बढेर १ करोड ९ लाख टन पुगेको देखिन्छ । यसबाट भारतले करिब ४ खर्ब विदेशी मुद्रा कमाएकाे छ ।