एनआईसी एशिया म्युचुअल फण्ड: प्रतिफल सुरक्षण आजसम्म

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ कार्तिक । एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन म्युचुअल फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन बाँकि रहेको छ।

एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डकाे प्रतिफल वितरणकाे प्रयोजनका लागि मंगलबार बुकक्लोज गरिने भएकाे छ।

इकाईधनीहरुले यसकाे प्रतिफल प्राप्त गर्नका लागि आजसम्म कारोबार गरेकाे हुनुपर्छ । यसाे गरियाे भने प्रतिफल पाउन सकिनेछ। भइ कायम इकाईधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया ग्रोथ फण्डले र १० करोड ८५ लाख ७६ हजार, एनआईसी एशिया व्यालेन्सड् फण्डले रु ९ करोड ८१ लख ५० हजार र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डकाे ६ प्रतिशत प्रतिफल वितरण गरिने भएकाे छ।