सोमबार सुनचाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित



काठमाडौं, १४ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा कुनै फेरबदल भएको छैन । यसरी भाउ स्थिर रहँदा सुनचाँदी आईतबारकै भाउमा कारोबार भईरहेको छ ।

आईतबार छापावाल सुन तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज भाउ स्थिर रहेकोले सोहि भाउभा नै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज तोलाको १ हजार २०० कायम भएको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो ।