
काठमाडौं, १४ कार्तिक । साताको सेयर कारोबार हुने दोश्रो दिन तथा तिहार बिदापछिको पहिलो कारोबार भएको सोमबारको दिन नेप्सेले हरियालीको संकेत देखाएको छ । नेप्सेमा छाएको हरियालीको दृश्यले सेयर बजार अब उकालो लाग्न शुरु गरेको होकि भन्ने आँकलन गरिएको छ ।
यहि समयमा बैंकहरुले धमाधम चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणहरु प्रकाशमा ल्याईरहेका छन् भने उनीहरुको वित्तीय अवस्था औसतमा राम्रो भएको कारण तिहार बिदा लगत्तै सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो ।
एउटा उपसमूह बाहेक अन्य सबै १२ वटा उपसमूहरुमा हरियो लागेको छ भने उनीहरु सबैको सेयरमूल्य बढेको छ । एक मात्र विकास बैंक उपसमूहमा रातोको लागेको छ । अर्थात यो समूहको सेयरमूल्य घटेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२४ कम्पनीहरुको सेयर कारोबार भएको छ । २५ लाख ७४ हजार ९७५ कित्ता सेयरको खरिदबिक्रीबाट ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये विकास बैंक उपसमूहमा रातो लागेको छ । यो समूहको सेयरमूल्य घटेको छ । बाँकी १२ वटा उपसमूहहरुमा हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआईसि एशिया बैंकको कारोबार भएको छ । बैंकको ६ करोड १७ लाख २१ हजार २३२ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

सयपत्री हाइड्राे पावरकाे सेयरमूल्य १० प्रतिशतले बढेर ३ सय १३ रूपैयाँ ५० पैसा पुगेकाे छ । अपर हेवाखाेलाकाे मूल्य सबैभन्दा धेरै ८.१६ प्रतिशतले घटेर ३ सय ३९ रूपैयाँ ८० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




