
काठमाडौं, १५ कार्तिक । आईसीएफसी फाइनान्सकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मकाे वित्तीय विवरणलाई हेर्दा फाइनान्सको खुद नाफा र प्रतिसेयर आम्दानी घटेकाे छ । फाइनान्सकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गएकाे आर्थिक वर्षको तुलनामा खुद नाफा र प्रतिसेयर आम्दानी घटेकाे हाे ।
यस आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सकाे खुद नाफा ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ रहेकाे छ । यो नाफा गएकाे वर्षकोभन्दा २९.७९ प्रतिशतले घटी हो। गएकाे आर्थिक वर्षमा फाइनान्सकाे खुद नाफा ४ करोड ७६ लाख रुपैयाँ रहेकाे थियाे ।
फाइनान्सकाे खुद ब्याज आम्दानीमा बृद्धि भएपनि नाेक्सानी शुल्क बढेको छ । खुद फि तथा कमिशन आम्दानीमा कमि भएकाेले खुद नाफामा कमि देखिएकाे जनाइएकाे छ ।
खुद ब्याज आम्दानी ३४.९१ प्रतिशतले बढ्दा खुद फि र कमिसन ४४.७२ प्रतिशतले घटेको छ देखिन्छ। नाेक्सानी शुल्क मा थाेरै बृद्धि भएपछि सञ्चालन नाफामा २७.०१ प्रतिशत कमि भएकाे छ। यसकाे असर खुद नाफामा देखिएकाे छ ।
फाइनान्सको ईपीएस ५ रुपैयाँ ४ पैसा घटेर ११ रुपैयाँ ८७ पैसा कायम भएकाे छ। असोज महिनासम्म फाइनान्सको मूल्य आम्दानी रेसियाे ३६.८९ गुणा देखिन्छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा रहेको छ।
यस अवधिमा फाइनान्सको चुक्ता पूँजी स्थिर छ । जगेडा कोषमा ३.०६ प्रतिशतले घटेको पाइन्छ भने निक्षेपमा ३.०४ प्रतिशतले बढ्दा कर्जामा १.२१ प्रतिशतकाे गिरावट देखिएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




