बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ कार्तिक । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १०० तथा सेतो धातु चाँदीमा रुपैयाँ १५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहेाले धातु छापावाल सुनको भाउ यसदिन रुपैयाँ १०० ले बढेर तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनको भाउ तोलाको ९२ हजार ५०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बृद्धि भएर तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदीको भाउ तोलाको हजार २०० रुपैयाँ कायम भएर कारोबार भएको थियो ।