
काठमाडौं, १६ कात्तिक । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स विरुद्ध अर्को एउटा मुद्दा दायर भएको छ । दायर भएको मुद्दामा नयाँ लाइसेन्स बाँड्नका लागि संशोधन गरिएका नियमावलीहरु खारेज हुनु पर्ने मुख्य माग दावी गरिएको छ ।
उक्त मुद्दा अधिवक्ता अमृत खरेलले दायर गरेको बुझिएको छ । उक्त रिट निवेदनमा नेपालको संविधान तथा प्रचलित ऐनहरुसँग बाझिने गरी नियमावली संशोधन गरिएको आरोप लगाइको छ ।
खरेलले प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, तथा नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाएर बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गराएका हुन् ।
नेपाल धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजारको लाइसेन्सका लागि आवेदन आह्वान गरेकोमा उक्त प्रक्रिया रोक्नु पर्ने माग गर्दै गत असोज ३१ गते अधिवक्ता दीपक विक्रम मिश्रले सर्वोच्च दालतमा रिट दायर गरेका थिए । मिश्रको रिट सुनवाइ गर्दै सर्वोच्चले गत कार्तिक ४ गते तत्काल लाइसेन्सको प्रक्रिया स्थगित गर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले यस विषयमा छलफलका लागि आगमी कात्तिक २२ गते दुवै पक्षलाई बोलाएको छ ।
कात्तिक २२ गतेको छलफलमा बोलाइएका प्रतिवादीहरुमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार काठमाडौं, मन्त्रीपरिषद् प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौं, अर्थ मन्त्रालय, सिंहदरबार काठमाडौं, नेपाल धितोपत्र बोर्ड खुमलटार, ललितपुर तथा नेपाल स्टक एक्सचेन्ज रहेका छन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




